काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तयियप इर्डाेगनलाई हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले टर्कीका राष्ट्रपति इर्डाेगनसँग टेलिफोन संवाद गरी जोशीको सुरक्षित रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् । जवाफमा राष्ट्रपति इर्डाेगनले यस विषयलाई आफूले गम्भीर चासोका…