काठमाडौँ सरकारले चैत्र २४ गते एक दिनका लागि सार्वजनिक बिदा थप गरेको छ । रामनवमीका दिन विदा थपेर सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यही चैत२४ गतेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।…