काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। काठमाडौँमा सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन्। ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै अध्यक्ष पद सुरक्षित गर्दा उनका निकटतम प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाए। यससँगै ओली लगातार तेस्रो पटक एमाले अध्यक्षमा निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतदानमा…