काठमाडौं । गृह मन्त्रायलले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण…