काठमाडौँ १२ असोज । निरन्तरको बर्षापछिको बाढीका कारण देशभर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा धेरै सम्पर्कविहीन भएका छन् । बाढी र पहिरोमा परेर उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार विपद्का घटनामा परेर हालसम्म ३४ जना घाइते…