काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ वे अत्यधिक व्यस्त भएपछि दुबईबाट आएको नेपाल एयरलाइन्सको आरए २३० उडान शुक्रबार दिल्ली डाइभर्ट गर्नुपरेको छ। विमानस्थलमा लामो समय ‘होल्ड’ गर्नुपर्ने अवस्था आए पनि त्यसका लागि आवश्यक पर्याप्त इन्धन नभएकाले जहाज दिल्लीतर्फ मोडिएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल स्रोतका अनुसार व्यस्त समय भएको कारण उपलब्ध पार्किङ वे छैन भन्ने…