काठमाडौँ सिंहदरबास्थित सङ्घीय संसद् भवन परिसरमा आज नवनिर्वाचित सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी र सांसदका सहयोगीको बाक्लो उपस्थिति थियो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शपथका लागि संसद् भवन पुगेका कतिपय दलका सांसद एकापसमा चिनजान गर्दै थिए । कोही सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै थिए भने कोही सांसद निर्वाचित भएकामा बधाई लिँदै थिए । सङ्घीय संसद् सचिवालयले अपराह्न २ः०० बजेका…