कीर्तिपुर (काठमाडौँ) ७ चैत । आनीहरुको शिक्षादीक्षाका लागि स्थापना गरिएको आर्यतारा स्कुलमा व्यावहारिक शिक्षासँगै बौद्ध दर्शन र ज्ञान पनि दिने गरिएको छ । गुम्बामा उनीहरुले पाउने धार्मिक शिक्षा त छँदैछ, साथमा उनीहरुले भोलि गृहस्थीतर्फ फर्किन चाहे भने राम्ररी जीविका गर्न सकून् भन्ने उद्देश्य राखिएको स्कुलकी संस्थापक एवम् गायिका आनी छोइङ डोल्माले जानकारी दिइन् । उनका…