७ चैत ०७८, काठमाडौं । एमालेका निलम्वित सांसद् मोहनलाल बानियाँ मुछिएको बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालय बाँकेले अदालतमा अभियोग पत्र दायर गरेको छ । अभियोग पत्रमा बानियाँले जाहेरवाली सुर्खेतकी एक महिलालाई नेपालगञ्ज २ को अप्सरा होटलमा गत १८ माघमा बलात्कार गरेको तथ्य पुष्टि भएको उल्लेख छ । बानियाँले होटलको २१५ नम्बर कोटामा…