नेपालगञ्ज २३ भदौ । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका ९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती…