१६ जेठ । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान भएको छ । प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचना प्रकाशन गरी १० दिनभित्र कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुनेछ…