काठमाडौं, १५ फागुन । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीको सोमबार बसेको सचिवालय बैठकले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल नगएको र प्रधानमन्त्री दाहालले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताए…