२० भदौं ०७९, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रावधानसहित संसदमा दर्ता गरिएको विधेयक अघि नबढ्ने भएको छ । विधेयकप्रति आलोचना बढेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानूनमन्त्री गोविन्दप्रसाद शर्मालाई मनोनयनको अघिल्लो दिनभन्दा बढी कार्यकाल लम्ब्याउने गरी थालिएको कानून संशोधन प्रक्रिया रोक्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभाको…