१४ पुस, ०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै संसद् विघटनसँगै अस्थिरताको अर्को शृङ्खला शुरु भएको बताए । जनताका भावना विपरीतका कदम सच्याउन राष्ट्रव्यापीरुपमा आन्दोलनको…