२० फागुन ०७८, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि आजदेखि मतदाता नामावलीमा दाबी विरोध आह्वान गरेको छ । नामावली अद्यावधिक कार्यक्रमअन्तर्गन दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको छ । तोकिएको समयसीमाभित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटो…