१ फागुन ०७८, काठमाडौं । प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर २ फागुन सोमबारका लागि डाकिएको बैठक अब ४ फागुन बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो । विशेष कारणले सोमबार बैठक बस्न नसक्ने भएकाले बुधबारका लागि सारिएको महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्…