२१ साउन ०७८, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आशन्न १४औँ महाधिवेशनअन्तर्गत प्रभावित भएका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताको आज बुधबार बसेको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद एक÷दुई दिनमै निरुपण गर्ने सहमति गरेको हो । क्रियाशील…