१ भदौ ०७८,काठमाडौं । नेपाली चलचित्रका वरिष्ठ छायाँकार भीम रानाको निधन भएको छ । लामो समयदेखि कोभिड–१९ को उपचार गराइरहेका रानाको मंगलबार बिहान साढे ८ बजे निधन भएको चलचित्र लेखक प्रदीप भारद्वाजले जानकारी दिए । दुई दर्जनभन्दा बढी नेपाली चलचित्रको छायाँकन गरेका राना चलचित्र निर्माता पनि थिए । उनले सिनेमास्कोप चलचित्र ‘माइली’ निर्माण गरेका थिए…