१९ फागुन ०७६, ललितपुर । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा स्वास्थ्य परीक्षण कार्य जारी रहेको छ । सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट नेपाल भित्रिने १७८ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरूपमा यही फागुन…