२५ साउन ०७९, काठमाडौं । वर्षाका कारण काठमाडौंको काँडाघारी क्षेत्र डुबानमा परेको छ। वर्षाको पानीले त्यहाँ प्रहरी प्रभाव डुबानमा पर्नाका साथै सुकुमवासी टोलका २ घर बगाएको छ। प्रहरी प्रभाग काँडाघारीका अनुसार मंगलबार रातिको वर्षाले प्रहरी प्रभागको एक तला पूरै डुबेको छ भने मेसको आधा भाग भेलले बगाएको छ। मेसभित्र रहेका ग्यास, खाद्यान्न, भाँडाकुँडा र फर्निचर सामान…