भक्तपुर २२ पुस । एक वर्षदेखि घरमा चर्केर रहेका माटोका भाँडाकुँडा चोक चोकमा लगेर फुटाएर आज भक्तपुरमा छ्याला पुन्ही अर्थात मिला पुन्ही मनाइएको छ । चर्केको माटोका भाँडा अशुभ हुने विश्वासका साथ घरघरमा रहेका माटाका चर्केका भाँडाकुँडा नजिकको चोकहरूमा लगेर फुटाई आज यहाँ छ्याला पुन्ही मनाइएको हो । परम्पराअनुसार भक्तपुरभरिका नेवार समुदायले अरु दिनमा घरमा…