२६ वैशाख ०७८, काभ्रे । दोस्रो लहरमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको प्रभावका कारण जिल्लाको कोशीपारिस्थित भुम्लु गाउँपालिकाले आज आइतबारदेखि एक हप्ताका लागि सेवा बन्द गरेको छ । चौँरीदेउराली गाउँपालिकाले अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । भुम्लु गाउँपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सेवा बन्द गरिएको हो भने चौँरीदेउरालीले गाउँपालिका क्षेत्रभित्रका सबै वडामा कोरोना सङ्क्रमित…