काठमाडौं, ११ फागुन । काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा चौकीदार राख्ने भएको छ । नेपाल प्रहरी र महानगरपालिका बीच सरकारी स्तरमै सम्झौता गरेर चौकीदार राख्ने तयारी भइरहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले जानकारी दिए । महानगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकमा समेत उक्त विषय छलफल भएको छ । सम्झौता अनुसार नेपाल प्रहरीले कामको आधारमा उमेर…