काठमाडौं, १८ माघ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको भाउ बढाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ। नेपाल आयल निगमले आईओसीले मंगलबार साँझ पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ र मट्टीतेलमा ४.८० रुपैयाँले बढेको…