काठमाडौँ ३२ साउन । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा आरोपी रहेका पुर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनसँग संसदीय छानबिन समितिले बयान लिएको छ । शुक्रबार सिंहदरबारमा रहेको समितिको कार्यालयमा समितिले पुनसँग बयान लिएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका हुन् । सुप्रिम सहकारी ठगि प्रकरणमा प्रहरीले अदालतमा दायर गरेको २८ जना प्रतिवादीको सूचीमा…