३१ असार ०७९, काठमाडौं । संघीय संसदले कार्यकालको अन्तिम समयमा उपसामुख पाएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले सासंद १ सय ४८ मतसहित पुष्पा भुसाललाई निर्वाचित गरेको हो । उनकी निकटम प्रतिश्पर्धी प्रमुख प्रतिपक्ष दलकी सासंद विद्या भट्टराई पराजित भइन् । उनले ९३ मत पाइन् । नेपाल मजदुर किसान पार्टी तथस्ट बसेको थियो ।