काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र बनाउनका लागि आफूहरू विद्रोहको बाटो हिँड्न पनि तयार रहेको बताएका छन्। राप्रपाले मंगलबार बल्खुमा आयोजना गरेको विरोध सभामा बोल्दै अध्यक्ष लिङ्देनले सरकारले चाहे आफूहरू विद्रोहको बाटो हिँड्ने बताए। उनले माओवादी जनयुद्धको स्मरण गर्दै सरकारलाई त्यसखालका द्वन्द्व स्वीकार हो भनेर प्रश्न गरेका…