अमरगढी (डडेल्धुरा) अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूल रहेकी प्रहरीले जनाएको छ । आज दिउँसो जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से१ज ७३९ नंको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी भूलको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना…