काठमाडौं । इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ। युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्। यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई अक्टोबर ७ २०२३ मा अपहरण गरिएको थियो। प्रकाशित सूचीअनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास…