काठमाडौं । कञ्चनपुरका युवा विपिन जोशीको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । भीमदत्त नगरपालिका–३ स्थित घरबाट शवयात्रा निकालेर महाकाली नदीको भुजेला आर्यघाटमा अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिअघि सशस्त्र प्रहरीले विपिनलाई सलामी अर्पण गरेको थियो भने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’…