१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं । कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। मन्त्री गुप्ताले राजीनामा दिने निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकेको र हाल प्रक्रिया अगाडि बढिरहेको प्रशासनलाई बताएका छन्। पछिल्लो समय अमेरिका भ्रमणसम्बन्धी विषयलाई लिएर उनी विवादमा तानिएका थिए। उक्त विषयमा आलोचना बढ्दै गएपछि मन्त्री गुप्ताप्रति प्रधानमन्त्रीसमेत असन्तुष्ट रहेको बताइएको छ।