३ मंसिर । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। रोङ– ३ अर्याल चोकनजिकै ना ६ ख ८४२४ नम्बरको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका प्रहरीले जनाएको छ। बस सडकबाट करिब डेढ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडाले जानकारी दिए।…