८ जेठ । विधायन व्यवस्थापन समितिले ‘कोभिड १९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रियसभामा प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकले समिति सभापति जयन्ती देवी राईले सबैखाले महामारी र सङ्क्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक आवश्यक भएकाले फिर्ता गर्ने सम्बन्धमा प्रतिवेदन पेस गर्ने निर्णय भएको जानकारी दिए। उनले विधेयकको सैद्धान्तिक…