१२ पुस ०७९, काठमाडौं । गृह मन्त्रालयले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको हो । विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७…