२१ मंसिर ०७९,काठमाडौं । प्रतिनिधिसभामा यसपटक ७० वर्ष माथिका १३ सांसदको प्रतिनिधित्व हुने भएको छ । राजनीतिमा युवाको प्रतिनिधित्व हुनुपर्ने माग उठिरहँदा अझै पनि संघीय संसदमा कूल सांसदको झण्डै साढे आठ प्रतिशत ७० वर्ष नाघेको सांसदहरूको उपस्थिति छ । जसमा देशकै प्रमुख पार्टीका अध्यक्षहरूदेखि वरिष्ठ नेतासम्म छन् । आमनिर्वाचन २०७९ मा ५७ सिटसहित पहिलो पार्टी बनेको…