काठमाडौं । भारत सरकारले नेपाली सेनालाई केही थान सवारीसाधन, घोडा र विपद्पछि अनुसन्धान कार्यमा प्रयोग हुने कुकुर सहयोग स्वरूप उपलब्ध गराएको छ। नेपालको दुईदिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सोमबार सैनिक मुख्यालय जङ्गीअड्डामा आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण गरेका हुन्। भारतबाट उपलब्ध गराइएका सामग्रीमा ६ थान सवारीसाधन, ५ घोडा र विस्फोट वा विपद्का घटनापछि…