२५ फागुन ०७८, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विरासतलाई जोगाउँदै जनताको आशा, भरोसा र विश्वासको केन्द्रका रुपमा आफ्नो पार्टीलाई स्थापित गर्ने दृढता व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको आज यहाँ शुभारम्भ गर्दै उनले कम्युनिष्ट क्रान्तिकारीधारको विरासतलाई काँधमा बोकेर अघि बढ्ने सङ्कल्पका साथ एमालेबाट विद्रोह गर्न परेको…