२० फागुन ०७८, काठमाडौं । पाँच महिनादेखि बस्न नसकेको संवैधानिक इजलास शुक्रबारदेखि शुरु भएको छ । शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलासको गठन गरेका छन् । संसदमा महाभियोगको प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासको गठन गरेका हुन् । कायममुकायम प्रधानन्यायाधीश कार्कीले इजलासमा वरिष्ठतम् न्यायाधीश मीरा खड्का, न्यायाधीशहरू…