७ मङ्सिर ०७८, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष वा कुनै पनि पदमा अरुलाई नउठ्न आफूले कुनै दबाब नदिने बताएका छन् । महाधिवेशनका सन्दर्भमा आज सो पार्टीको केन्द्रीय प्रचार विभागद्वारा सम्पादकसँग आयोजित छलफल कार्यक्रममा अध्यक्ष ओलीले महाधिवेशनले लोकतान्त्रिक अभ्यासबाट सहमति वा निर्वाचनबाट छानिने नेतृत्वलाई आफूले सहजरुपमा स्वीकार्ने…