२८ फाल्गुन ०७६,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला अङ्गदाता उहाँकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरी आज घर फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उहाँको स्वास्थ्यमा सुधारको क्रम भने जारीे छ । उहाँलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिनुभए…