काठमाडौँ राजसंस्था पक्षधरहरुको शुरु भएको काठमाडौँ केन्द्रित आन्दोलन शुक्रबार माइतीघर क्षेत्रमा हुने भएको छ । विहिबार विभिन्न स्थानबाट जुलुसअहित रत्नपार्कमा प्रदर्शन गरेर शुरु गरिएको आन्दोलन शुक्रबार माइतीघर र बबरमहल क्षेत्रमा हुने राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् । विहिबारको प्रदर्शनमा शहरका विभिन्न ७ ठाऊँबाट ठूला र्याली निकाल्दै रत्नपार्कमा जम्मा भएर प्रदर्शन गरिएको…