१७ माघ ०७६, दाङ्ग । घोराही उपमहानगरपालिका–१० मा रहेको खैरा माध्यमिक विद्यालयमा पियनदेखि प्रधानाध्यापक, शिक्षिकासम्म महिला रहेको फेला परेको छ । महिला प्रधानाध्यापक श्यामा रावत विगत तीन वर्षदेखि विद्यालयको प्रअको जिम्मेवारी सम्हालिरहनु जानकारी दिनु भएको छ । विद्यालयको शैक्षिक वातावरण, सिकाइ उपलब्धि, व्यवस्थापन, छात्रछात्रा र अभिभावकसँगको घुलमिल सबैमा पछिल्लो समय विद्यालय नमूना बनेको छ ।…