१४ जेठ ०७८ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण गर्नेलाई कारवाही गर्न माग गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि भएको घटनाको भत्र्सना गर्दै घटनामा सम्लग्नलाई कारवाही गर्न माग गरेका हुन् । उनले घटनामा सम्लग्नलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश…