२३ भदौं ०७७, काठमाडौं । पत्रकारको परिचयपत्र नक्कली बनाउने र पत्रकार नै नभएको व्यक्तिले ‘प्रेस ज्याकेट’ लगाएर पत्रकारिताकै दुरुपयोग गरेको पाइएपछि प्रहरीले उच्च निगरानी थालेको छ । कोरोना सङ्क्रमणको जोखिम रोक्न जारी गरेको निषेधाज्ञको समयमा पत्रकारलाई समाचार सङ्कलनका लागि दिइएको छुटको दुरुपयोग गर्न यसरी नक्कली परिचयपत्र बनाउनेदेखि नक्कली पत्रकार बन्नेहरु बढ्न थालेको महानगरीय अपराध नियन्त्रण…