१६ भदौ ०७८,सिन्धुपाल्चोक । असार १ गते आएको बाढीपहिराले तहसनहस पारेको मेलम्ची बजार फोहोरले दुर्गन्धित बनेको छ । नगरपालिकाले निर्माण गरेको फोहोर प्रशोधन केन्द्र बाढीले बगाएपछि जथाभावी फोहोर फाल्नाले बजार दुर्गन्धित बनेको हो । दुई महिनादेखि फोहोर नउठ्दा दुर्गन्ध फैलाएको छ । बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएसँगै सङ्क्रमणको त्रास बढेको छ ।…