ललितपुर खबर २ जेठ ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाको प्युटारमा नवनिर्मित थाङ्सिङटार अस्पतालमा २० शैयाको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । शनिबारबाट २० बेडको अक्सिजनसहितको आइसोलेशन सेन्टर पालिकाले सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन ललितपुर खबरलाई जानकारी दिएका छन् । उनका अनुसार यस आइसोलेशन सेन्टरमा एक जना डाक्टर, दुई जना नर्स र…