३ भदौं ०७९, काभ्रेपलाञ्चोक । काठमाडौंसँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ६ को तरकारी बजारमा अनधिकृत रूपमा बनेका संरचनामा नगरपालिकाले डोजर चलाएको छ। १० दिनअघि पनौती नगरपालिकाले सूचना जारी गर्दै मापदण्ड विपरित बनाएका संरचना हटाउन सूचना जारी गरेको थियो। तर, घर–टहरा बनाएर बसेकाहरूले अटेर गरेपछि नगरपालिकाले आइतबार डोजर चलाएको हो। पनौती नगरपालिकाका प्रमुख…