२१ जेठ ०७९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त कार्यक्रममा भएको थियो। चलचित्रको आज बालुवाटारबाट नै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका हुन्। उक्त कार्यक्रममा मन्त्री आलेले चलचित्र निर्माणका लागि…