३० असोज । ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ भएको छ । सोमबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर फिल्म एकेडेमीद्वारा सञ्चालनमा ल्याएको ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरुवात गरेका हुन् । ‘कान्तिपुर सिनेमाज्’मा इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्नेछन् ।…