काठमाडौँ प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईबीच भएको छलफलमा जनताको ऋण मिनाहादेखि जनमत संग्रह विषय उठान भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा आएको उक्त टोलीसँगको छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना, मुख्य सचिव सुमनराज अर्याल सहभागी थिए । अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले भेटघाटको सहजीकरण गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको…